मुग्लिन-नारायणगढ सडक अबरुद्ध
बैशाख २२, चितवन – लगातार परेको वर्षाको कारण पहिरो जादा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ । मुग्लिन-नारायणगढ सडक अन्तर्गत पर्ने इच्छाकामना गाउपालिका ६ जलबिरेमा आज बिहान गएको पहिरोका कारण राजमार्ग दुइतर्फी अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
पहिरोका कारण राजमार्ग अवरुद्ध हुदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधनहरु राजमार्गमा नै अलपत्र परेका छन । निरन्तर वर्षा भैरहेको कारण पहिरो हटाउने कार्य सुरु गर्न नसकिएको मुग्लिनका प्रहरी प्रमुख प्रहरी निरीक्षक कन्चन तामाङले बताए।






