राक्सिराङका दिर्घरोगीलाई घर-घरमै निशुल्क औषधी

तामसालिङ खबर
१७ बैशाख २०७७, बुधबार १५:०७

बैशाख १७, हेटौडा (राक्सिराङ) – राक्सिराङ गाँउपालिकाका विभिन्न दिर्घरोगीहरुका लागि घर-घरमै निशुल्क औषधि उपलब्ध गराइने भएको छ ।

कोरोना भाइसका कारण सरकारले अव्हान गरेको लकडाउन अवधिमा नियमित औषधि खानुपर्ने बिरामीलाई समस्या पर्न सक्ने भएकाले घरघरमै औधषि पुर्याउने ब्यवस्था गरिएको गाउपालिकाले जनाएको छ ।

आमा बुवा बचाउ कार्यक्रम अन्तर्गत मधुमेह, रक्तचा, दम, बाथ लगायत दिर्घरोगीका लागि यो ब्यवस्था गरिएको हो । औषधिका लागि मान्यताप्राप्त चिकित्सकको प्रेस्किृप्सन सहित गाउपालिकाको स्वास्थ्य शाखामा सम्पर्क राख्न आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*