लियो हेटौडा मुक्तिनाथको पुन: न्यौपानेले नेतृत्व गर्ने
बैशाख १७, हेटौडा – लियो क्लब अफ हेटौडा मुक्तिनाथको नेतृत्व अस्मिता न्यौपानेले गर्ने भएकी छिन् । क्लबको पहिलो वार्षिक साधारण सभाबाट लायन्स वर्ष २०२०/२१ का लागि पनि न्यौपानेको नेतृत्वमा क्लबको जिम्मेवारी दिइएको छ ।
सभाले क्लबको प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष पनि यथावत राखेको छ । क्लबको उपाध्यक्षमा क्रमशः आशिका पौडेल, अभिनाश देवकोटा र लक्ष्मि केसी रहेका छन् भने सचिव, कोषाध्यक्ष, सह-सचिव र सह-कोषाध्यक्ष भने परिवर्तन गरीएको छ ।
क्लबको सचिवको जिम्मेवारी निमेश तिमल्सिनाले पाएका छन् । कोषाध्यक्षमा सागर गजुरेल, सह–सचिव रबिना पोखरेल, सह-कोषाध्यक्ष बिपना सुवेदीलाई जिम्मेवारी दिइएको छ । न्यौपानेले विगत ७ वर्षको लियो क्लबको अनुभवलाई आगामी योजना तथा कार्यक्रमहरुमा प्रयोग गर्ने बताइन् ।






