मकवानपुर प्रहरीद्वारा अबैध घरेलु मदिरा बरामद
बैशाख २४, हेटौडा – मकवानपुर प्रहरीले बुधबार बिहान अबैध घरेलु मदिरा सहित दुइवटा म्याजिक नियन्त्रणमा लिएको छ ।
नेवारपानीबाट हेटौडा तर्फ आउदै गरेको ना १ ज ७५५८ र ना १ ज २५७९ नम्बरको म्याजिकमा लुकाई ल्याइरहेको अवस्थामा चेकजाँचका क्रममा हेटौडा-११ थानाभर्याङबाट मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।
२५ वटा ग्यालिनमा करिब ६ सय ४० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिई स्थानिय जनप्रतिनिधी र पत्रकारको उपस्थितिमा नष्ट गरीएको छ ।







