नेपालमा एकैदिन १७ कोरोना संक्रमित थपिए

तामसालिङ खबर
२४ बैशाख २०७७, बुधबार १६:३८

वैशाख २४, काठमाडौं – नेपालमा एकैदिन १७ जना कोरोना संक्रमण संक्रमित भेटिएका छन् ।

प्रदेश नम्बर २ को पर्सा बिरगंजमा १७ जना थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनु भयो । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेको उनले बताए ।

उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*