नेपाल राष्ट्रिय शिक्षक संगठनको १९ औ मैत्री प्रशिक्षण कार्यक्रम सम्पन्न
बैशाख २४, हेटौडा – नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको १९ औं सत्र आज अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न भएको छ ।
मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित जुुम एप मार्फत सम्पन्न प्रशिक्षणलाई शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष बाबुराम थापाले प्रशिक्षण दिनुभएको हो । कार्यक्रममा शिक्षक संगठनका केन्द्रिय महासचिव हंश शाही तथा सदस्य पद्मा पौडेलको विशेष आतिथ्यता रहेको थियो ।
प्रशिक्षणका क्रममा थापाले विद्यमान संकटमा शिक्षाको स्वरुप, राहत अस्थायी, ईसिडि शिक्षक तथा विद्यालय कर्मचारीका सवालमा उठेका जिज्ञासाहरुको जवाफ समेत दिनुभएको जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले बताउनुभयो । वहाले पुरुष शिक्षकहरुको पोषाकका सम्वन्धमा उठेको सवालमाथि प्रष्ट पार्दै भन्नुभयो कि केही छनौट भएका डिजाइनलाइ सामाजिक सञ्जाल मार्फत भोटिङको आधारमा छनौट गर्न दिईएको छ, नतिजा अनुसार विद्यालय सूचारु भएपछि त्यसैलाई लागू गर्ने चरणमा हामी जाने छौं ।
उमेर अनुसार सेवा थप गरि अवकास लिने लगायत विषयमा बोल्दै योगदानमा आधारित पेन्सन सुविधा अहिले लागू नभएको हुँदा पूरानै नियम अनुसार हुने हुनाले भ्रममा नपर्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सचिवालय सदस्य कमला थापा, प्रदेश नं १ सचिव रघुनाथ मिश्र, वाग्मति प्रदेस संगठन सचिवालय सदस्य मोहन शर्मा,पार्वती खनाल, शिक्षक महासंघ राष्ट्रिय समिति पूर्व केन्द्रीय सदस्य रमेशप्रसाद लामिछाने, संगठन पाल्पा अध्यक्ष रामप्रसाद ढकाल, रुपन्देही अध्यक्ष मोतिलाल सुवेदी, लम्जुङ अध्यक्ष राजु थापा, शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल, संगठन पर्वत अध्यक्ष चिरञ्जीवी अधिकारी, रसुवा अध्यक्ष मोचनाथ न्यौपाने,प्यूठान जिल्ला सचिव ज्ञानहरि रिजाल, पर्वत उपाध्यक्ष आङमाया शेर्पा, भोजपुर अध्यक्ष यदु सुवाल, चितवनबाट शकुन्तला अधिकारी, मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल, सल्लाहकार,पिताम्वर वास्तोला, लक्ष्मी चौलागाई, कोषाध्यक्ष जयप्रसाद पोखरेलको उपस्थिति रहेको थियो ।
त्यसैगरी कार्यक्रममा मकवानपुर सह-सचिव प्रतिमा गौतम सह-कोषाध्यक्ष चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पौडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, प्रचार विभाग प्रमुख सुनिल गौतम,सदस्य सविता लामिछाने, भावना सापकोटा, लक्ष्मी अधिकारी, नारायण प्रसाद कँडेल, हेटौडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, मकवानपुरगढी अध्यक्ष शिबप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पोखरेल ,थाहानगर अध्यक्ष रमेशमान डङ्गोल रसुवा का बिष्णुप्रसाद पौड्याल,लगायतकाको उपस्थिती रहेको थियो । भोलि बिहिबार हुने २० औं सत्रमा पनि देशका अन्य थप बिभिन्न जिल्लाबाट पनि सहभागिता गराउने अध्यक्ष श्रीराम दाहालले जानकारी दिनुभयो ।






