नेपाली भुमि मिचिएकोमा हेटौंडामा विरोध प्रदर्शन

तामसालिङ खबर
३० बैशाख २०७७, मंगलवार १९:३१

बैशाख ३०, हेटौडा – भारतले नेपालको भूमी मिचेर सडक बनाएको विरोधमा बागमती प्रदेशको राजधानी हटौंडामा मंगलबार विरोध प्रदर्शन गरिएको छ । हेटौँडाका नागरिकहरुले हेटौंडाको बुद्धचोकमा भारतीय अतिक्रमण विरुद्ध विरोध प्रदर्शन गरेका थिए ।

हेटौँडा विभिन्न संघसंस्थाका देखि सर्वसाधारणहरु समेतले प्लेकार्ड बोकेर भारतीय अतिक्रणको विरुद्धमा हेटौंडामा प्रदर्शन गरेको अभियन्ता विकेशलाल श्रेष्ठले बताए ।

केहि दिन अघि भारतले नेपाली भूमि अतिक्रमण गर्दै लिपुलेक क्षेत्रमा तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको थियो । भारतले नेपाली भूमी मिचेर सडक खोले संगै केही दिन देखि देशभर प्रदर्शन भईरहेको छ । काठमाडौंमा महानअधिकारवादी कृष्ण पहाडी सहित दर्जनौं समातिएका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*