पत्रकारको पिसिआर परिक्षण गर्न माग – पत्रकार महासंघ बागमती प्रदेश

तामसालिङ खबर
३० बैशाख २०७७, मंगलवार १९:२५

बैशाख ३०, हेटौडा – नेपाल पत्रकार महासंघ बागमती प्रदेश कमिटिले कोरोना संक्रमणको समयमा जोखिममा रहेर काम गर्दै आएका पत्रकारहरुको पिसिआर परिक्षण गर्नुपर्ने माग गरेको छ ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघका महासचिव कृष्ण सारुमगरले कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्दै जाँदा अग्रभागमा रहेर आम नागरिकलाई सुसूचित गराउने गहन जिम्मेवारी बोकेका सञ्चारकर्मीहरु उच्च जोखिममा रहेको र मंगलबार मात्रै आमनगरिकसँगै सञ्चारकर्मीलाई पनि कोरोना संक्रमण भएको खबरले पत्रकार महासंघ बागमती प्रदेश समिति चिन्तित र दुःखीत भएको बिज्ञप्तीमा उल्लेख छ ।

यस्तो विषम् परिस्थितीमा जोखिमा रहेका सञ्चारकर्मीहरुको पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गरी स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गराउँदछौं । साथै जोखिमको समयमा सकेसम्म घरबाटै काम गर्न र आफ्नो पेशागत धर्म निर्वाहका क्रममा आफै संवेदनशील भई पूर्वसतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सबै सञ्चारकर्मीहरुमा अपिल गर्दछौं, बिज्ञप्तीमा भनिएको छ ।

कोरोना संक्रमणको उच्च जोखिमका बीच दैनिक नागरिकलाई सुसूचित गराउन सक्रिय सञ्चारकर्मीहरुको तवल कटौती गर्ने, बेतलवी विदा बस्न दबाव दिने तथा कामबाटै निष्काशन गर्ने काम केही सञ्चारगृहरुबाट भइरहेको गुनासोप्रति महासंघ गम्भिर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*