नेपालगंज र कपिलबस्तुमा एक-एक जना कोरोना संक्रमित फेला

तामसालिङ खबर
३१ बैशाख २०७७, बुधबार १५:५२

बैशाख ३१, हेटौडा – नेपालमा आज फरक-फरक दुइ ठाउमा २ जना कोरोना संक्रमित भेटिएको छ । बुधबार दिउँसो नेपालगंजको एक जना र कपिलबस्तुको १ जनामा गरि दुइ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा नेपालगंजको एक पुरुषमा संक्रमण देखा परेको हो । त्यस्तै, कपिलवस्तुको एक पुरुषको भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना संक्रमण पाइएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गरेको छ ।

यो संगै नेपालमा संक्रमितको संख्या २१९ जना पुगेको छ । हालसम्म भने ३४ जना सक्रमित निको भई घर फर्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*