संचारकर्मी, नर्सपछि सुरक्षाकर्मीमा कोरोना संक्रमण देखियो
जेठ १, काठमाण्डौ – सञ्चारकर्मी, नर्सपछि सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिएको छ । कपिलवस्तुमा मंगलबार एकजना नर्समा कोरोना संक्रमण पुष्टि भयो भने सुरक्षाकर्मीलाई बुधबार कोरोना संक्रमण देखिएको छ ।
कपिलवस्तुमा तीन जना सुरक्षकर्मीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको हो ।
कोरोना पुष्टि भएका सुरक्षाकर्मीहरुमा एक जना शसस्त्र प्रहरी नायव निरिक्षक (सई), एक जना नेपाल प्रहरीका सई र एक जना राष्ट्रिय अनुसन्धान विभागका असई रहेको बताइएको छ ।






