कोरोना अपडेट – विश्वभर १६ लाख ७० हजार भन्दाबढी संक्रमित निको भए
जेठ १, हेटौडा – नोबेल कोरोना भाइरसबाट विश्वभर १६ लाख ७० हजारभन्दा बढी कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । यो समाचार तयार पार्दा सम्म १६ लाख ७० हजार ४ सय ७९ जना उपचारपछि निको भएका हुन् ।
हाल सम्म विश्वभर ४४ लाख ४६ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् । संक्रमित मध्ये २ लाख ९८ हजार ४ सय ४२ जनाको मृत्यु भैसकेको छ । सबैभन्दा धेरै अमेरिकामा ८५ हजार १ सय ९७ भन्दा बढीको मृत्यु भैसकेको छ ।
अमेरिकामा सङ्क्रमितको संख्या १४ लाख ३० हजार ३ सय ४८ जना पुगेको छ । अमेरिका पछि युरोपेली देश स्पेनमा सङ्क्रमण धेरै छ । स्पेनमा अहिलेसम्म २ लाख ७१ हजार ९५ जना सङ्क्रमित छन् । स्पेनमा २७ हजार १ सय ४ जनाको ज्यान गएको छ ।
स्पेनमा सबैभन्दा वृद्ध १ सय १३ वर्षकी ब्रानयास सङ्क्रमणबाट निको भएको छ । वर्ल्डओमिटरका अनुसार रुसमा २ लाख ५२ हजार २ सय ४५ जना संक्रमित छन् भने २ हजार ३ सय ५ जनाको ज्यान गएको छ ।






