चर्काे विरोधपछि पूर्वराजालाई सवारी पास दियो

तामसालिङ खबर
२ जेष्ठ २०७७, शुक्रबार १५:०५

जेठ २, काठमाण्डौ – सामाजिक सञ्जाल र आम नागरिकवृत्तबाट चर्काे विरोध भएपछि गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौँ आउनका लागि सवारी पास उपलब्ध गराएको छ ।

बिहीबार सवारी पास जारी गरिएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले उक्त पास रद्ध गरेका थिए र त्यसको सामाजिक सञ्जाल मार्फत आमनागरिहरुले चर्काे विरोधका साथ सरकारको आलोचना गरेका थिए ।

बिहीबार अवेर राति नै फेरि गृहमन्त्रालयले सवारी पास दिने निर्णय गरेको बुझिएको छ । पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौँ प्रस्थान गरेका छन् ।

झण्डै दुई महिना अघि झापा गएका पूर्व राजा लकडाउनका कारण त्यहाँ रहन बाध्य रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*