कोरोनाको संक्रमणबाट नेपालमा पहिलो पटक एक जनाको मृत्यु
जेठ ४, काठमाडौं – धुलिखेल अस्पतालमा बिहीबार राति मृत्यु भएकी सुत्केरी महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा मृतक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
यससँगै नेपालमा पहिलो पटक कोरोनाबाट एक जनाको मृत्यु भएको हो । कोरोनाको संक्रमणबाट मृत्यु भएकी २९ वर्षीया महिला सिन्धुपाल्चोक बाह्रबिसेकी हुन् । उनी १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् ।







