मकवानपुरमा प्रबिधिमैत्री एकमहिने शिक्षक तालिम आज समापन हुँदै
जेठ ५, हेटौडा – मकवानपुरमा देशकै उत्कृष्ठ प्रबिधिमैत्री शिक्षक तालिम आज समापन हुँदै छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमकाे ३० औ सत्र आइतबार समापन भएसंगै आज सोमबार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री माननीय गिरिराजमणी पाेखरेलकाे प्रमुख आतिथ्यता तथा राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माकाे विशेष आतिथ्यतामा समापन हुने मकवानपुर अध्यक्ष श्रीराम दाहालले बताउनु भयो ।
मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण पछि भएकाे लकडाउनका कारण प्रविधिमा आधारित गुगल मिट एप मार्फत सम्पन्न प्रशिक्षणलाई नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माले प्रशिक्षण दिनुभएकाे हाे ।
प्रशिक्षणका क्रममा शर्माले शिक्षक नेतृत्व विकासमाथि प्रकाश पार्नु हुँदै नेतामा भन्दा ज्यादा शिक्षकमा नेतृत्व क्षमता हुनुपर्नेमा जाेड दिनुभयाे । प्रशिक्षण का क्रममा आफ्नाे धारणा राख्दै विभिन्न जिल्लाका नेतृत्वहरुले लकडाउनका क्रममा दैशकै सबैभन्दा लामाे समय र उत्कृष्ठ तालिम चलाउनेमा मकवानपुर उत्कृष्ठ रहेकाे धारणा ब्यक्त गर्नुभएकाे जिल्ला प्रचार विभाग प्रमुख सुनिल गाैतमले बताउनुभयाे ।
संगठनले यसपछि पनि लकडाउनलाई मध्यनजर गर्दै संगठन महिला विभाग तथा सहकारी विभाग र स्थानीय तहमा तालिम कार्यक्रम आयाेजना गर्ने प्रचार विभाग प्रमुख गाैतमले बताउनुभयाे । आज समापन हुने सत्रमा देशका बिभिन्न जिल्लाबाट उल्लेख्य सहभागिता हुने अध्यक्ष दाहालले बताउनु भयो ।






