थप २७ जनामा कोरोना संक्रमण पुष्टी
जेठ ६, काठमाडौं – मंगलबार अप्राहन्न थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २७ जना कोरोनाको संक्रमण पुष्टि भएको बताएका छन् ।
नेपालमा कुल संक्रमितको संख्या ४ सय २ पुगेको जानकारी दिए । त्यस्तै, नेपालको ३६ जिल्लामा कोरोना फैलिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज मात्र झापाका ९ जना, कपिलबस्तुको ४ जना, काठमाडौं ३ जना, सर्लाही २ जना र मोरङ, सुनसरी, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, लमजुङ, रामेछाप, सिन्धुली, नवलपरासीमा एक–एक जना संक्रमित फेला परेको जनाएको छ ।
त्यस्तै, नेपालको ३६ जिल्लामा कोरोना फैलिएको मन्त्रालयले जनाएको छ । कोरोनाको कारण हाल सम्म २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भई घर फर्किएका छन् ।






