मकवानपुरको एक जनामा कोरोना पुष्टी

तामसालिङ खबर
६ जेष्ठ २०७७, मंगलवार १६:४४

जेठ ६, हेटौंडा – मकवानपुरको एक जना सहित आज थप २७ जनामा कोरोना संक्रमण भेटिएको छ । थपिएका २७ जना मध्यमा मकवानपुरमा पनि एक जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

थपिएका नयाँ संक्रमित १७ देखि ४२ वर्षसम्मका छन् । २४ महिला र ३ जनामा महिला रहेका छन् ।

झापामा ९, मोरङमा एक, सुनसरीमा एक, सर्लाहीमा दुई, काठमाडौंमा तीन, भक्तपुरमा एक, मकवानपुरमा एक, रामेछापमा एक, ललितपुरमा एक, सिन्धुलीमा एक, लमजुङमा एक, कपिलवस्तुमा चार र नवलपरासीमा एक जना थपिएका हुन् । उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*