नेपालमा कोरोना संक्रमित थप एक जनाको मृत्यु

तामसालिङ खबर
८ जेष्ठ २०७७, बिहीबार १६:४६

जेठ ८, हेटौडा – नेपालमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या ३ पुगेको छ । कोरोना भाइरसबाट संक्रमित गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

गुल्मीको क्रिमसन अस्पातलको आइसियुमा उपचाररत उनको बिहिबार मृत्यु भएको हो । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले एक विज्ञप्तिमा उनको बिहीवार बिहान निधन भएको पुष्टि गरेको हो ।

गुल्मी मदाने गाउँपालिका ६ का ती पुरुषको उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । संक्रमित पुरुष जेठ १ गते अस्पतालमा भर्ना भएका थिए ।

सुरूमा आईसीयूमा उपचाररत उनलाई कोरोना पुष्टि भएपछि अस्पतालकै भेन्टिलेटरमा राखिएको थियो । यसअघि बाँकेको एक पुरुष र सिन्धुपाल्चोकको एक महिला कोरोनाको कारण मृत्यु भैसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*