थप ९ जनामा कोरोना पुष्टी

तामसालिङ खबर
८ जेष्ठ २०७७, बिहीबार १९:३३

जेठ ८, काठमाण्डौ – बिहिबार झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।

यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यस सँगै कुल संक्रमितको संख्या ४५३ पुगेको छ । संक्रमितमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला रहेका छन् ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको ५९ औं दिनसम्म ३८ हजार७३७ जनाको परीक्षण हुँदा ४५३ जना संक्रमित फेला परेका हुन् ।

संक्रमितमध्ये ४९ जना निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*