भारतमा २४ घन्टामै ६ हजार ९ सय ७७ संक्रमित भेटिए
जेठ १२, नयाँदिल्ली – भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९७७ जना संक्रमित भेटिएका हुन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाए अनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ३८ हजार ८४५ पुगेको छ ।
त्यसैगरी भारतमा २४ घण्टामा १५४ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट अहिले सम्म ४ हजार २१ जनाको मृत्यु भएको छ ।






