मृत्यु भएको एक हप्तापछि कोरोना संक्रमण भएको पुष्टी

तामसालिङ खबर
१२ जेष्ठ २०७७, सोमबार १२:२६

जेठ १२, काठमाडौं – नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको कलैयाका एक ७० वर्षीय वृद्ध रहेका छन् । उनको वीरगन्जको नेशनल मेडिकल कलेजमा गएको जेठ ४ गते मृत्यु भएको जनाइएको छ ।

नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायका अनुसार जेठ ४ गते मृत्यु भएका उक्त व्यक्तिको कोरोना रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

उनको कोरोनाको संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयको आधिकारिक जानकारी आइसकेको छैन । मृत्यु भएका व्यक्तिलाई मृगौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

शंकास्पद लक्षण देखिएपछि उनको स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौं पठाइएको थियो । मृत्यु भएका उनको परिवारले अन्तिम संस्कार समेत गरिसकेको छन् । यसअघि पनि नेपालमा कोरोनाको संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*