हेटौंडामा परिक्षण गरिएको बाराका २१ जनामा कोरोना पुष्टी
जेठ १२ हेटौडा – प्रदेश नम्बर दुइको बारा जिल्लाको गढीमाई नगरपालिकामा एकै दिन २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बागमती प्रदेशको हेटौंडा स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार, १८ वर्षका चार जना, १९ वर्षका दुई जना, २० वर्षका तीन जना, २४ वर्षका दुई जना, २५ वर्षका तीन जना र ३६ वर्षका दुई जना रहेका छन् ।
त्यस्तै, २६, ३०, ३१, ४० र ५० वर्षका एक-एक जना रहेका छन् । संक्रमण देखिएकाहरु १८ देखि ५० वर्षसम्मका छन् ।






