अमेरिकी राष्ट्रपति ट्रम्प भारत र चीनबीच सीमा विवाद मिलाउन मध्यस्थता गर्न इच्छुक

तामसालिङ खबर
१४ जेष्ठ २०७७, बुधबार २१:५३

जेठ १४, एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीन बीचको सीमा विवादको गतिरोधमा मध्यस्थताको प्रस्ताव गरेका छन् ।

अमेरिकी राष्ट्रपतिले ट्वीटमार्फत भनेका छन्, “मैले भारत र चीन दुबैलाई सूचित गरिसकेको छ कि उनीहरुको विवादमा अमेरिका मध्यस्थता गर्नका लागि इच्छुक र सक्षम रहेको छ ।”

त्यस्तै समाचार एजेन्सी पीटीआईका अनुसार बुधबार चीनले भारतसंगको सीमाको स्थिति पूर्ण स्थिर र नियन्त्रण योग्य भनेको छ । चीनका विदेश मन्त्रायलका प्रवक्ता झाओ लिजियानले एक प्रेस कन्फ्रेन्समा दुबै देशसंग कुराकानी र परामर्श मार्फत मुद्धा समाधान गर्नका लागि संयन्त्र र सञ्चार माध्ययमहरु रहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*