आज १३ ‌औं गणतन्त्र दिवस

तामसालिङ खबर
१५ जेष्ठ २०७७, बिहीबार ०८:१४

जेठ १५, काठामाण्डौ – आज १३ औ गणतन्त्र दिवस देशभर मनाईदै छ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक समारोह आयोजना गरिएको छैन । सरकारले दीपावली गरेर दिवस मनाउन आह्वान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*