कोरोना संक्रमणबाट बागमती प्रदेशमा मृत्यु हुनेको संख्या ३ पुग्यो

तामसालिङ खबर
२५ जेष्ठ २०७७, आईतवार ०७:३६

जेठ २४, हेटौडा – कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बागमती प्रदेशमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

संक्रमणबाट बागमती प्रदेशका सिन्धुपाल्चोक, दोलखा र ललितपुर जिल्लाका गरि ३ जनाको मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका डा.पुरुषोत्तम सेढाइका अनुसार, हालसम्म ८३ जनामा कोरोना पुष्टि भएको छ भने ३१ जनाको उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रदेशका १३ जिल्लामध्ये काठमाडौँमा २३ जना, रामेछापमा १९, चितवनमा ६ जना, काभ्रेमा ६ जना, मकवानपुरमा ६ जना, भक्तपुरमा ५ जना, धादिङ र सिन्धुलीमा ४–४ जना, ललितपुर र नुवाकोटमा ३–३ जना, सिन्धुपाल्चोक र दोलखामा २–२ जनामा कोरोना पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*