लागुऔषधसहित एक युवक पक्राउ

तामसालिङ खबर
२७ जेष्ठ २०७७, मंगलवार ११:३०

जेठ २७, सप्तरी – प्रदेश २ को सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाबाट ठूलो परिमाणको लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदह बस्ने २२ वर्षीय अनिलकुमार मण्डल रहेका छन् । उनी सोमबार पक्राउ परेका हुन् ।

उनलाई प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट एस्पोन्जमो प्रोक्सोभोन प्लस नामका तीन हजार १६८ क्याप्सुल, डिलक्स डिसी १०० एमेलका २८ बोतल बरामद गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*