हेटौंडामा होल्डिङ सेन्टर सञ्चालन

तामसालिङ खबर
२९ जेष्ठ २०७७, बिहीबार ०५:०९

जेठ २९, हेटौंडा – कोरोना भाइरसको प्रभावका कारण विदेशबाट फर्किएर सम्बन्धित पालिका जानुअघि राखिने विश्रामस्थल हेटौंडामा बुधबारबाट सञ्चालनमा आएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको व्यवस्थापनमा हेटौंडास्थित वनविज्ञान क्याम्पसको शैक्षिक भवनमा सञ्चालन गरिएको विश्रामस्थलमा अहिले एक रातमा २० जनासम्मलाई राख्न सकिने व्यवस्था मिलाइएको छ ।

विदेशबाट फर्किएपछि सम्बन्धित पालिकामा जानुअघि आवश्यक स्वास्थ्य जाँच गरी केही समय आराम गराउन विश्रामस्थल सञ्चालनमा ल्याइएको   हो ।

बढीमा एक रातसम्म राख्ने गरी सञ्चालन गरिएको विश्रामस्थलमा विदेशबाट आएका जिल्लावासीलाई सम्बन्धित पालिकाले लिएर जान समेत सहज होस् भनी विश्रामस्थल सञ्चालन गर्न सबै स्थानीय तहको लागत सहभागिता तथा विभिन्न संघ, संस्थाको सहकार्य रहेको छ ।

पहिलो चरणमा खाडी मुलुकबाट जिल्लावासी आउँदै गरेको विश्रामस्थल व्यवस्थापनमा खटिनु भएका जिल्ला समन्वय समिति मकवानपुरका आशाकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*