कलाकार श्रेष्ठको अगुवाईमा कलाकार लामाको उपचारको लागि आर्थिक सहयोग

तामसालिङ खबर
२९ जेष्ठ २०७७, बिहीबार ११:०६

जेठ २९, हेटौंडा – निर्माता, कलाकार तथा समाजसेवी सुशान्त श्रेष्ठको अगुवाईमा मकवानपुरको हेटौँडा ८ स्थायी घर भई काठमाण्डौँमा बस्दै आएका कलाकार तथा पत्रकार देव लामाको उपचारको लागि बुधबार एक लाख ५९ हजार रुपैंया सहयोग गरिएको छ ।

श्रेष्ठको अगुवाईमा विभिन्न सहयोगीहरुबाट संकलित ६४ हजार र चलचित्र बिकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषबाट प्राप्त ९५ हजार रुपैया हस्तान्तरण गरिएको छ । मकवानपुरे समाज काठमाडौका अध्यक्ष अरुणकुमार गुरुङ र नेपाल चलचित्र प्राबिधिक संघका अध्यक्ष पुष्कर लामाको उपस्थितिमा सहयोग रकम परिवारलाई हस्तातरण गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका लामाको उपचार खर्च अभाब भएको थाहा पछी कलाकार तथा निर्माता शुशान्त श्रेष्ठले बिभिन्न सहयोगीबाट आर्थिक संकलन गरेका थिए । उनले थप सहयोगको लागि आग्रह समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*