संविधानसभा सदस्य गोविन्दराम चेपाङलाई पितृशोक
जेठ २८, हेटौंडा – संविधानसभा सदस्य गोविन्दराम चेपाङलाई पितृ शोक परेको हो ।
उनका पिता रामबहादुर चेपाङको ७७ बर्ष को उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा चितवनमा मृत्यु भएको जनाइएको छ ।
उनको निधनप्रति गोविन्दराम चेपाङका शुभचिन्तक एवम् नेकपाका नेता कार्यकर्ताले दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेका छन् ।






