न्युजिल्याण्डमा फेरि देखियो कोरोनाको संक्रमण

तामसालिङ खबर
२ असार २०७७, मंगलवार १५:०८

एजेन्सी – न्युजिल्याण्डमा २४ दिनपछि फेरि कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो संक्रमण पुष्टि भएका दुई महिला बेलायतबाट आएका बिबिसीले जनाएको छ ।

९ दिनअघि विशेष अनुमतिमा बिरामी अभिभावक भेट्न बेलायतबाट आएका ती दुईजनामा कोरोना संक्रमण देखिएको हो । अभिभावकको मृत्यु संस्कारमा उनीहरु सहभागी भएका थिए । अकल्याण्डको आइसोलेसनबाट उनीहरु गाडीमा १३ तारेखमा बेलिङटन पुगेका थिए ।

कोरोना परीक्षणमा दुईजनामै कोरोना संक्रमण पाइएको स्थानीय अधिकारीले बताएका छन् । जुन ८ पछि न्युजिल्याण्ड प्रवेश गरेका सबैजना अनिवार्य १४ दिन आइसोलेसनमा बस्नुपर्ने र कोरोना परीक्षण गर्नुपर्छ ।

गएको सोमबार अन्तिम संक्रमितको उपचारपछि प्रधानमन्त्री ज्यासिण्डा अर्डेनले देशलाई कोरोना मुक्त राष्ट्रको रुपमा घोषणा गरेकी थिइन् । बाहिरबाट आउनेका कारण फेरि थप जोखिम भएको छ ।

अन्तर्राष्ट्रिय नाका बन्द गरेर न्युजिल्याण्डले देशभित्रै सबै प्रकारका भेटवार्तादेखि गतिविधि पूर्ववत अवस्थामा सञ्चालन गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*