तामाङ पत्रकार संघ उदयपुर शाखाका अध्यक्ष तामाङ्को निधन

तामसालिङ खबर
५ असार २०७७, शुक्रबार ०९:४६

असार ५, उदयपुर – तामाङ पत्रकार संघ उदयपुर शाखाका अध्यक्ष नरेशमोहन तामाङको आज बिहान हृदयघातका कारण निधन भएको छ । त्रियुगा एक्सप्रेस दैनिकमा आबद्ध भई पत्रकारितामा क्रियाशील उनी विभिन्न सामाजिक अभियानहरूमा समेत सक्रिय थिए ।

उदयपुर जिल्ला कार्य समिति मार्फत तामाङ पत्रकार संघमा आबद्ध स्वर्गीय तामाङ २०७० को चौथो राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भई संघको केन्द्रीय कार्यसमितिमा एक कार्यकाल काम गरिएको थियो । २०७४ को पाँचौ राष्ट्रिय महाधिवेशनबाट भने उहाँ उदयपुर शाखाको अध्यक्ष चयन भएको थियो ।

संघको संगठन विस्तार तथा विभिन्न कार्यक्रम सफल बनाउन उनले पु¥याएको योगदान अविष्मरणीय छ । उनको असामयिक निधनप्रति संघले एक सशक्त योद्धा गुमाएको र यो समग्र पत्रकारिता क्षेत्रकै लागि ठूलो क्षति भएको महसुस गरेका छौं, शोक बक्तव्यमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*