यी १७ जिल्लामा बाढीको ‘हाइअलर्ट’

तामसालिङ खबर
८ असार २०७७, सोमबार १०:१९

असार, काठमाडौं – जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले काठमाडौं उपत्यकासहित १७ जिल्लामा बाढी आउने सम्भावना रहेको भन्दै हाइअलर्ट रहन आग्रह गरेको छ । एक सूचना जारी गर्दै नेपाल बाढी सूचनाले स-साना खोलारुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपाससम्म पुग्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कताका लागि अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, ‘हाल सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, सिन्धुली, का।उपत्यका चितवन, गोरखा, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ,अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङजा, दाङ, बर्दिया र आसपास केहि स्थानमा मध्ययम देखि भारी बर्षा भईरहेको, उक्त जिल्ला भई बहने स-साना खोलाहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास सम्म पुग्न सक्ने संभावना रहेकोले तटिय क्षेत्रमा सतर्कता को लागि अनुरोध गरिएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*