हेटौँडाका व्यवसायी श्रेष्ठ मृत अवस्थामा फेला

तामसालिङ खबर
९ असार २०७७, मंगलवार १९:४४

असार, हेटौँडा – हेटौडाको एक युवा व्यवसायी मृत अवस्थामा भेटिएको छ । हेटौँडा वडा नम्बर १ भैरबडाँडामा व्यवसायी पवित्रमान श्रेष्ठको शब भेटिएको   हो ।

सोमबारबाट सम्पर्कबिहिन रहेका उनको शब फेला परेको मकवानपुरको प्रहरीले जनाएको छ । हेटौँडा ५ का ३२ वर्षका श्रेष्ठ घरजग्गा लगाएतका अन्य व्यवसायमा थिए ।

उनको शबसँगै बिसको बोटल समेत भेटिएको र उनले आत्महत्या गरे या हत्या भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*