बागमती प्रदेशको प्रदेशसभा बैठक असार १५ गते बस्ने
असार, हेटौंडा – बागमती प्रदेशकाे प्रदेशसभा बैठक यी असार १५ गते हुने भएको छ । आर्थिक बर्ष २०७७/०७८ को बिनियोजन विधेयक प्रस्तुत भएपछि स्थगित भएको बैठक असार १५ गते बस्ने भएको हो ।
बैठक दिउँसो ३ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । त्यस्तै, बैठकको तयारीका लागि असार १४ गते दिउँसो २ बजे कार्यव्यवस्था समितिकाे बैठक बस्ने भएको छ ।






