जङ्गली जनावरबाट बस्ती बचाउन मनहरीमा विद्युतीय तार जडान

तामसालिङ खबर
१५ असार २०७७, सोमबार ०६:३४

असार, हेटौडा (मनहरी) – जङ्गली जनावरबाट जोगाउन मकवानपुरको मनहरी गाउँपालिका वडा नं ७ को रमौली बस्तीमा ३८ लाख रुपैयाँको लागतमा विद्युतीय तार जडान कार्य शुरु गरिएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जको ३८ लाख रुपैयाँको लगानीमा करिब छ किलोमिटरको दूरीमा विद्युतीय तार लगाउने कार्य शुरु गरिएको हो । जङ्गली जनावर बस्तीमा पसेर तरकारी, फलफूल नष्ट गर्नाका साथै मानवीय एवं भौतिक क्षति पु¥याउने गरेको हुँदा त्यसलाई रोक्न विद्युतीय तार लगाउने कार्य शुरु गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

गाउँपालिका क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्जबाट आउने हात्ती, गैँडा, बाँदर लगायतका जनावरले वर्षेनी क्षति पु¥याएकाले तार लगाउने काम शुरु भएको गाउँपालिका अध्यक्ष उप्रेतीको भनाइ छ । गत वर्ष पनि जङ्गली जनावरको आक्रमणमा परी त्यहाँ दुई जनाको मृत्यु भएको थियो । विद्युतीय तार लगाउँदा जनावार नमर्ने तर विद्युतीय झट्का लागेर तारबार पार गर्न नसकिने उनको भनाइ छ ।

गाउँपालिकाको वडा नं १ देखि ५ सम्म पनि जङ्गली जनावरको अत्यन्त जोखिम रहेको पर्सा राष्ट्रिय निकुञ्जले त्यहाँ पनि विद्युतीय तार लगाउन पहल गर्ने गाउँपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*