गैसस मकवानपुरका अध्यक्ष धितालको सवारी दुर्घटना, दुर्घटनामा श्रीमतीको मृत्यु, अन्य चारजना गम्भिर घाइते

तामसालिङ खबर
१६ असार २०७७, मंगलवार ०६:३२

असार, हेटौडा – गैरसरकारी सस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार सवार स्करपियो दुर्घटनामा परेको छ । दुर्घटनामा परि धितालकी श्रीमती प्रभा गौतम धितालको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

काठमाण्डौबाट हेटौंडा तर्फ आउँदै गरेको बा १३ च ५९२९ नम्बरको स्करपीयोलाई चितवनबाट काठमाण्डौ तर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिदा गौतमको मृत्यु भएको चितवनका जिल्लाका प्रहरि नायव उपरिक्षक सुर्य थापाले बताउनु भयो ।

काठमाण्डौबाट परिवार सहित हेटौंडा फर्कने क्रममा पुर्ब पस्चिम राजमार्ग अन्तरगत चितवनको सत्रकिलो भन्ने स्थानमा सोमबार सांझ सवारी दुर्घटना भएको हो । दुर्घटनामा पर्नुभएका कृष्ण धिताल र उहाँकी छोरी सामान्य अवस्थामा छ भने चालक राजन घिमिरे र धितालका छोरा गम्भिर घाइते रहेको र उनिहरुको चितवन पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा परि कृष्ण धितालको दुबै गोडा र छातिको हड्डि फ्याक्चर र टाउकोमा चोट छ भने धितालकि छोरि घाईते सगै सामान्य बोलचाल गर्ने भएता पनि अबस्था भने खतरा मुक्त नै रहेको छ ।

छोरा अनुज धितालको भने शरिरको सबैतिर चोट पटक र रहेको र अबस्था अचेत छ तथा चालक राजन घिमिरेको पनि गम्भिर घाईते भएका छन भने उनीहरुको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । ठक्कर दिने ग्यास बुलेटको चालक भने परार रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*