गैसस मकवानपुरका अध्यक्ष कृष्ण धितालको छोराको पनि मृत्यु

तामसालिङ खबर
१६ असार २०७७, मंगलवार ०८:२५

असार, हेटौँडा – गैरसरकारी सस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार सवार स्करपियो दुर्घटनामा गम्भीर घाईते भएका १९ बर्षीय छोरा अनुज धितालको आज बिहान मृत्यु भएको छ ।

धितालको सपरिवार सहित यात्रा गरिरहेको स्करपियो र ग्याँस बोकेको ट्यांकर ठोक्कीएर सोमबार साझा चितवनको जलबिरेमा दुर्घटना भएको थियो । दुर्घटनामा परि धितालकी श्रीमती प्रभा गौतम को मृत्यु भएको थियो, भने गम्भीर घाइते भएको छोरा अनुजको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा परि घाईते भएका कष्ण धिताल, उनकी छोरी वर्षा धिताल र सबारी चालक राजन घिमिरेको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*