बाढीपहिरोको जोखिमप्रति सतर्कता रहन उपसभामुख तामाङद्वारा प्रदेशबासीलाई अपिल

बाह्रबिसेको बाढीमा परि निधन र बेपत्ता भएका प्रति उपसभामुख तामाङ्द्धारा दुख ब्यक्त
तामसालिङ खबर
२५ असार २०७७, बिहीबार २०:४९

असार, सिन्धुपाल्चोक – बागमती प्रदेशकी उपसभामुख राधिका तामाङले प्राकृतिक प्रकोप र विपदको बेला उच्च सतर्कता अपनाउन जनमसमुदायलाई अपिल गरेकी छिन् । ध्यानाकर्षपण तथा जनहितमा जारी सुचना जारी गर्दै उपसभामुख तामाङले विशेष सतर्कता अपनाउन अपिल गरेकी हुन् ।

बुधबार रातीदेखि परेको भारी वर्षाको कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ र भोटेकोशी गाउँपालिका–५ मा बाढी र पहिरोले २ जनाको मृत्यु र २० जना बेपत्ता संगै भौतिक क्षती प्रति उपसभामुख तामाङले दुख व्यक्त गर्नुभएको हो ।

उक्त घटनामा परेकाहरुको घाइतेहरुको उद्दार, उपचार व्यवस्था एवं बेपत्ताहरुको खोजी कार्य तीब्र र प्रभावकारी बनाउनका निम्ति प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उहाले घटनामा मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकरणले जारी गरेको सूचना अनुसार वागमती प्रदेश पनि भारी वर्षा र बाढी पहिरोको उच्च जोखिममा रहेका कारण थप धनजनको क्षती हुनबाट रोक्नका लागि संघ, प्रदेश र स्थानीय सरकार गम्भीर हुनुपर्ने बताउनु भयो ।

प्राकृतिक प्रकोप र विपदको बेला जोखिमयुक्त स्थानमा रहेका प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन र जोखिम अवधीभर सुरक्षित स्थानमा रहन समेत उहाले अनुरोध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*