अविरल वर्षाका कारण भीमफेदी–कुलेखानी सडक अवरुद्ध

रासस
२६ असार २०७७, शुक्रबार १४:१४

असार, हेटौंडा – बिहीबार साँझदेखि परेको अविरल वर्षाले भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिमखोला र जुरीखेत र गढी लगायत स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौं तर्फको यातायात सेवा आज बिहानै देखि अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

बिहानै देखि अविरल वर्षा भइरहेको कारणबाट ठाउँठाउँमा गएको पहिरो पन्छाउन कठिनाइ उत्पन्न भएको र मौसम सुधार हुने बित्तिकै पहिरो पन्छाई भीमफेदी–कुलेखानी सडक यातायात सञ्चालन गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

हेटौंडाबाट काठमाडौंतर्फ त्रिभुवन राजपथबाटै सञ्चालन गरिएको र त्रिभुवन राजपथको भैँसेबाट सबै यातायातलाई त्रिभुवन राजपथतर्फ पठाइएको भैँसे प्रहरी चौकीका इञ्चार्ज कुलबहादुर श्रेष्ठले जानकारी दिए ।

मकवानपुरको विभिन्न ठाउँमा आज बिहानसम्ममा बाढी पहिरोले कुनै क्षति नपु¥याएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*