सोउलका मेयर मृत भेटिए
असार, सोउल – दक्षिण कोरियाको राजधानी सोउलका मेयर मृत भेटिएका छन् । उनीमाथि उनकी पूर्व सेक्रेटरीले यौन हिंसाको आरोप लगाएकी थिइन् । सियोलका प्रहरीले शुक्रबार बिहानै उनको शव भेटिएको पुष्टि गरेका छन् ।
पार्क–वोन–सुनको शव उत्तरी सोउलको पहाडमा भेटिएको हो । उनकी छोरीले उनी सम्पर्कविहिन भएको जानकारी दिएकी थिइन् । मेयरको मृत्यु र यौनहिंसामा उनको संलग्नताले धेरैलाई चकित बनाएको छ ।
पार्कलाई थुप्रैले राजनीतिमा ताराको रुपमा हेर्ने गर्थे भने उनले थुप्रै वर्षदेखि महिला अधिकारको वकालत गरेका थिए । ६४ वर्षे पार्कले बिहिबार आफू बिरामी भएको बताएका थिए ।
एकदिन अघि मात्रै उनकी सेक्रेटरीले उनीविरुद्ध यौनहिंसाको मुद्दा दर्ता गरेकी थिइन् । स्रोतः द न्यूयोर्क टाइम्स






