भारतीय सीमामा पाकिस्तानी सेनाको गोली लागेर गोर्खा सैनिकको मृत्यु

तामसालिङ खबर
२६ असार २०७७, शुक्रबार १५:२८

एजेन्सी – सीमा क्षेत्रमा फायरिङ हुँदा शुक्रबार एक भारतीय गोर्खा सैनिकको ज्यान गरेको छ । काश्मिर स्थित राजोउरी जिल्लाको नौसेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली लागेर ३३ वर्षीय हवल्दार शम्भु गुरुङको मृत्यु भएको हो ।

पाकिस्तानी सेनाले मध्यराती १२ बजेर ४५ मिनेट जाँदा फायरिङ गरेको थियो, जतिबेला गुरुङ ड्युटीमा थिए । गुरुङ नेपालको गोर्खा जिल्ला मन्बुका स्थायी बासिन्दा हुन् ।

‘पाकिस्तानले दुई राउन्ड ६०÷८२ एमएम मोर्टार फायर ग¥यो, यो गुरुङ बसेको बन्कर नजिक आइपुग्यो । बंकरको प्वालबाट गोली छिरेको थियो, नतिजा गुरुङको अनुहार, पाखुरा र देब्रे खुट्टामा धेरै चोट लागेको थियो,’ एक अधिकारीले भने, ‘उनलाई अस्पताल लगिएको थियो । तर ज्यान बचाउन सकिएन ।’

त्यस्तै ८ जुलाईमा पुन्चमा भएको दोहोरो भिडन्तका क्रममा गोली लागेर घाइते भएकी एक जेष्ठ महिलाको पनि शुक्रबार निधन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*