भौतिक दूरीलाई जनचेतना अभिवृद्धि गर्ने उदेश्यले फोटो प्रतियोगिता
असार, हेटौंडा – व्यक्ति-व्यक्तिबीचको भौतिक दूरी कायम गर्न जनचेतना अभिवृद्धि गर्ने उदेश्यले मकवानपुरको हेटौंडा अस्पतालले फोटो प्रतियोगिताको घोषणा गरेको छ ।
भौतिक दूरी कायम गरिएको फोटो खिचेर पठाएमा प्रतियोगितामा सहभागिता हुन सकिने अस्पतालका प्रमुख डा. प्रविन श्रेष्ठले जानकारी दिनुभयो । आगामी शुक्रबार सम्म फोटो पठाएर प्रतियोगितामा भाग लिन सकिने डा. श्रेष्ठले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा सहभागिता जनाउन फोटो खिचेर info@hetaudahospital.gov.np मा इमेल गर्न सकिने छ । भौतिक दुरी कायम गरेर फोटो पठाउँदा अधिकतम १० जनासम्म हुनुपर्ने तथा ४ देखि ६ जनासम्म उत्कृष्ट हुने उहाले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट फोटो पठाउने एकजनालाई नगद ५ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ ।
यसअघि, अस्पतालले मास्कको प्रयोगलाई प्रोत्साहन गर्न भन्दै मास्क प्रतियोगिताको आयोजना गरेको थियो ।






