१० नया सह-सचिव थपिए

तामसालिङ खबर
२७ असार २०७७, शनिबार ०९:४६

असार, काठमाडौं – लोकसेवा आयोगले राजपत्रांकित प्रथम श्रेणी (सह–सचिव)को नतिजा प्रकाशित गरेको छ ।

नतिजा अनुसार खुलातर्फ रामबन्धु सुवेदी, नमराज घिमिरे, रमेश ढकाल, आनन्द काफ्ले र विपिन आचार्य छनोट भएका छन्। मधेसीमा इन्द्रदेव यादव र रामकुमार महतो उर्तीण भएका छन्। त्यस्तै महिलामा अनिता निरौला र स्किम श्रेष्ठ सह-सचिव बनेका छन् ।

आदीवासी जनजातीमा हेमराज तमाङ पास भएका छन् । लकडाउन अघि नै लिखित परीक्षा सञ्चालन भएर उनीहरुको अन्तर्वार्ता र मामिला प्रस्तुतिकरण रोकिएको थियो ।

लोकसेवाले असार १५ देखि १७ सम्म मामिला प्रस्तुतिकरण तथा १८ देखि २६ गतेसम्म सञ्चालन गरेका अन्तर्वार्ता सञ्चालन गरेका थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*