बाढी पहिरो पीडितलाई सार्वजनिक भवन राखिने

तामसालिङ खबर
२७ असार २०७७, शनिबार १६:५३

असार, काठमाडौं – अविरल वर्षापछि आएको बाढी पहिरो पीडितहरूलाई उद्धार गरी सार्वजनिक भवन तथा विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले शनिबार सरोकारवालासँग बाढी, पहिरो पीडितहरूको उद्धारबारे छलफल गरेको हो । तत्काल उद्धार, राहत र पुर्नस्थापनाका विषयमा सरोकारवालाहरूसँग छलफल गरेको परिषद्का कार्यकारी प्रमुख अनिल पोखरेलले बताएका छन ।

प्राकृतिक विपद्बाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुर्नस्थापना गर्ने विषयमा छलफल भएको उनले जानकारी दिनु भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरू सहभागी थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*