पर्यटन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ नियुक्त
साउन, काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले पर्यटन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङलाई नियुक्त गरेको छ ।
मन्त्रालयको निर्णय अनुसार उनले बुधबारदेखि कार्यभार सम्हालेका हुन् । उनले यसअघि नुवाकोट र धादिङ जिल्लाको एलडिओको रुपमा समेत कार्यभार सम्हालिसकेका छन् । काठमाडौं महानगरपालिकाको सबैभन्दा कान्छो उमेरका कार्यकारी अधिकृत भइसकेका हुन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत विभिन्न मन्त्रालयमा रहेर काम गरिसकेका तामाङ २०६१ मा कर अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका हुन् । खुला प्रतिष्पर्धाबाट २०६६ मा उपसचिव भएका तामाङ २०७१ मा सह-सचिव भएका हुन् ।






