सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री हस्तारण
साउन, काठमाडौँ – तामाङ सञ्चारकर्मीलाई शैलुङ अनलाइनको संयोजनमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । बुधबार बौद्धस्थित नेपाल तामाङ घेदुङको सभाहलमा एक कार्यक्रम गर्दै तामाङ सञ्चारकर्मीलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
अमेरिकाको पेन्सलभानियामा रहेको पेन्सलभानिया नेप्लिज गुठी एसोसिएसन युएसको सहयोगमा फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीलाई सामाग्री वितरण गरिएको अध्यक्ष श्यामलाल लामाले बताए । गुठीका विनोद मोक्तान, विमल मोक्तान लगायतले सहयोग गरेका हुन् ।
सञ्चारकर्मीलाई मास्क, स्यानिटाइजर, फेस सिल्ड, थर्मल गन, पञ्जालगायत प्रदान गरिएको थियो । २० सञ्चारकर्मीलाई सामाग्री प्रदान गरिएको हो ।
उक्त सामाग्री नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल तामाङ घेदुङका वरिष्ठ उपाध्यक्ष कुमार घिसिङ, उपाध्यक्ष टासी लामा, कलाकार बुद्धि तामाङ ‘हैट्’, नेपाल आदिवासी जनजाति पत्रकार संघ (फोनिज)का अध्यक्ष डण्डा गुरुङ, फोनिजका सचिव जगत दोङ लगायतले सञ्चारकर्मीलाई वितरण गरेका थिए ।






