प्रधानमन्त्री ओलीलाई देउवाको यस्तो सुझाव

तामसालिङ खबर
२० श्रावण २०७७, मंगलवार १५:३२

साउन, काठमाडौं – समुदायमा कोरोना संक्रमणको स्तर हेरेर मुलुकमा पुनः लकडाउन लगाउने वा नलगाउने निर्णय लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार स्वास्थ्यविज्ञ सहितको राजनीतिक दलका नेतासँग आयोजना गरेको छलफलमा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक्लो प्रयासले मात्रै कोरोना नियन्त्रण नहुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा स्वास्थ्यविज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन म आग्रह गर्छु ।’

प्रधानमन्त्री ओलीले छलफलमा कोभिड नियन्त्रणका लागि सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनतामा चेतना जति बढाउन सक्यो कोरोनासँग लड्न त्यति सजिलो हुने धारणा राखेका थिए ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईंले सरकारले प्रतिदिन १८ हजार व्यक्तिको परीक्षण गर्न सक्नेगरी ल्याबको स्थापना गरिएको र हालसम्म ४ लाखको पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*