बेरुतको बन्दरगाहका अधिकारी घरमै बन्धक

तामसालिङ खबर
२२ श्रावण २०७७, बिहीबार १०:१७

एजेन्सी – बेरुतको बन्दरगाहका केही अधिकारीहरु अहिले घरमै बन्धक अवस्थामा रहेको लेबनान सरकारले जनाएको छ । १ सय ३५ जनाको ज्यान जाने गरी भएको सो विस्फोटको विषयमा छानविन भइरहेकाे छ ।

मंगलबार राति भएको शक्तिशाली बिस्फोटको छानबिनका लागि उनीहरुलाई ‘हाउस अरेस्ट’ गरिएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिस्फोटक पदार्थ भण्डारण गरिएको गोदाममा अचानक बिस्फोट हुँदा अहिले सम्म कम्तीमा १३५ जनाको ज्यान गएको पुष्टि भएको छ ।

अरु चार हजार भन्दा बढी मानिस घाइते भएका छन् । घटनापछि सरकारले दुई हप्ताका लागि आपतकालीन अवस्था घोषणा गरेको छ । राष्ट्रपति मिशेल एउनले २७ सय ५० टन एमोनियम नाइट्रेडका असुरक्षित रुपमा भण्डारण गरिएकाले बिस्फोट भएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*