आइसोलेसनका संक्रमितलाई फलफुल वितरण

तामसालिङ खबर
३० श्रावण २०७७, शुक्रबार १३:३६

साउन, हेटौंडा – मकवानपुरको हेटौडा वडा नम्बर ४ स्थित श्रमिक माध्यामिक विद्यायलयमा सञ्चालित आइसोलेसन वार्डमा रहेका कोरोना संक्रमितलाई फलफुल प्रदान गरीएको छ ।

शुक्रबार विहान आइसोलेसन वार्डका ईन्चार्ज भोला प्रसाद चौलागाईलाई फलफुल हस्तान्तरण गरीएको छ । नेपाल तरुण दल हेटौंडा उपमहानगरका सभापति सुनिल गिरीको पहलमा युवा समाजसेवी योग्यराज सापकोटाले ५० जना कोरोना संक्रमितलाई काचोँ नरिवल, स्याउ, अनार लगायतका फलफुल प्रदान गरेका हुन्, ।

फलफुल वितरणमा ईन्चार्ज भोला प्रसाद चौलागाई, मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) का केन्द्रिय सचिवालय सदस्य उत्सव चौलागाई, तरुण नेता सुनिल गिरी, युवा समाजसेवी योग्यराज सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*