पहिरोमा परी सिन्धुपाल्चोकको लिदीमा ३६ जना बेपत्ता
साउन, लिदी – सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा ३६ जना बेपत्ता भएका छन् ।
बेपत्ताहरुको खोजी भईरहेको छ । घटनास्थलमा नेपाली सेनाको हेलिकप्टरबाट सभामुख अग्निप्रसाद सापकोटासहितको टोली पुगेको छ ।पाँच जना गम्भीर अवस्थाका घाइतेलाई उद्धार गरी सदरमुकाम चौतारा पुर्याईएको छ ।
पहिरोले १३ घर पुरिएको बताइएको छ । घटनास्थलमा सुख्खा पहिरो गएकाले उद्धारमा थप समस्या भएको वडा सदस्य विष्णुलाल दोङले जानकारी दिए । स्थानीयवासी पेशलाल दोङका अनुसार दुई जनाको शव देखिएको छ ।






