राहत सामग्री बोकेर गृहमन्त्रीको टोली सिन्धुपाल्चोक प्रस्थान
साउन, लिदी – गृहमन्त्री रामबहादुर थापा पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका प्रस्थान गरेका छन् ।
शुक्रबार दिउँसो गृहमन्त्री थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरो प्रभावितलाई राहत सामग्री लिएर त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । उनी नेपाली सेनाको हेलिकोप्टर मार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।
लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परेर बेपत्ता ३८ मध्ये हालसम्म ५ जनाको शव भेटिएको छ भने ३३ जना अझै बेपत्ता रहेका छन् ।






